२०८२ बैशाख ३० गते मङ्गलवार

दाङमा सात हजार बढी बालबालिका आमाबुवाबाट अलग

दाङ, १८ बैशाख । दाङमा ३ दशमलव १ प्रतिशत बालबालिका बाबुआमा दुवैबाट अलग बस्न बाध्य रहेका छन् ।

बाह्रौं राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार जिल्लामा ७ हजार ११८ अर्थात ३ दशमलव १ प्रतिशत बालबालिका आमाबुवाबाट अलग बस्न बाध्य भएका छन् ।

आमाबुवाबाट अलग बस्ने बालक ३ हजार २०७ र बालिका ३ हजार ९११ रहेका छन् । जिल्लामा १९ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या २ लाख ५६ हजार ४१ रहेको छ । तीमध्ये तीन दशमलव १ प्रतिशत बालबालिका बाबुआमा दुवैबाट टाढा रहेका छन् ।

७५ प्रतिशत अर्थात एक लाख ६९ हजार ६ सय ७९ बालबालिका बाबुआमा दुवैसँग बसिरहेका छन् । आमासँग मात्रै बस्ने बालबालिकाको संख्या १९ दशमलव ७ प्रतिशत अर्थात ४४ हजार ६ सय ५९ छ भने बाबुसँग मात्रै बस्ने बालबालिकाको संख्या १ प्रतिशत अर्थात दुई हजार २ सय ६६ रहेको छ ।

बाबुआमाभन्दा अलग रहेका बालबालिका भने कोही आफन्त वा नातेदारसँग बसिरहेका छन् भने कोही जोखिमयुक्त श्रम र घरायसी काममा लगाइएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस