२०८१ जेष्ठ ५ गते शनिवार

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा, १७ बैशाख । रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु ९ जना घाइते भएका छन् । दुर्घटनामा परि गंगादेव-२ ओइलामका १५ वर्षका बालक तिलक वलीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा गंगादेव ६ का ४८ वर्षका रमेश राना, १८ वर्षका तेजकुमार डाँगी, तेज बहादुर वली, निम बहादुर वली, मानसिंह वली, कल बहादुर वली, प्रेम बहादुर वली, मैमा वली र गाडी चालक सल्यानको कपुरकोट गाउँपालिका-६ रैतेखोलाका २१ वर्षिय दिपक पुन रहेका छन् ।

जसमध्ये २ जना कल बहादुर वली र मैमा वलीको अवस्था गम्भीर रहेको र उनिहरुलाइ उद्दार गरि प्रहरीले उपचारका लागि दाङ तुलसीपुरतर्फ पठाएको छ ।

दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका ६ राँक ताप्लाका लागि छुटेको लु १ ज ४७५५ नम्बरको जिप आइतबार दिउँसो साढे चार बजेतिर गंगादेव-२ को हेलङखोलामा दुर्घटना भएको हो ।

गाडीमा १० जना सवार रहेको बुझिएको छ । गाडी सडकबाट लगभग ३०० मिटर तल खसेको र घटनाबारे थप विवरण आउन जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी याम सारु मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस