२०८१ माघ १ गते मङ्गलवार

लुम्बिनीका मुख्यमन्त्रीले आज शपथ लिदै

दाङ, १५ बैशाख ।
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिनुहुने भएको छ । हिजो लुम्बिनीमा नियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसले लगभग साढे ३ महिना एमाले नेतृत्वमा रहेकाको प्रदेश सरकार ढाल्दै कांग्रेसले लुम्बिनीमा मुख्यमन्त्री पद आफ्नो पोल्टामा पारेको हो ।


लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज बिहान साढे ११ बजे शपथ खाने कार्यक्रम छ ।

लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस