२०८२ बैशाख १७ गते बुधवार

विकराल बन्दै स्वमरण : दाङमा तीन वर्षमा ६ सय बढिले गरे स्वमरण

दाङ, १४ बैशाख । दाङमा बालबालिकादेखि वृद्धवृद्धासम्मले स्वमरण गर्ने क्रम बढेको छ । दाङको गत तीन वर्षको तथ्याङ्क हेदा ६ सय बढीले स्वमरण गरेका छन् । दाङमा मात्रै यति धेरै सङ्ख्यामा स्वमरण हुनु चिन्ताको विषय बनेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुुसार पछिल्लो तीन वर्षमध्ये आर्थिक वर्ष २०७७/७८ मा १४४ पुरुष र १०१ महिला गरी २४५ जनाले स्वमरण गरेका छन् । यस्तै आर्थिक वर्ष २०७८/७९ मा ७७ पुरुष र १४६ महिला गरी २२३, आर्थिक वर्ष २०७९/८० मा ७० महिला र ८६ पुरुष गरी १५६ जनाले स्वमरण गरेका छन् ।

यो तीन वर्षको अवधिमा ६२४ जनाले स्वमरण गरेको तथ्याङ्कमा उल्लेख छ । जसमा ३१७ महिला र ३०७ जना पुरुष रहेका छन् । यसरी दिनानुदिन स्वमरण बढ्नुमा गरिबी, अशिक्षा, सामाजिक चेतना अभावलाई प्रमुख रूपमा लिइएको छ । त्यसैगरी पारिवारिक कलह, मानसिक तनावका कारण पनि धेरैले स्वमरण गरेको पाइएको छ ।

स्वमरण घटना रोकथामका लागि प्रभावकारी सामाजिक सचेतना अभिवृद्धि हुन नसकेकाजिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजन कुमार गौतमले बताउनुभयो । सामाजिक अपराधका रूपमा मौलाउँदै गइरहेको स्वमरणलाई निरुत्साहित गर्ने कार्यक्रम चाँडोभन्दा चाँडो ल्याउनुपर्ने उहाँको भनाइ छ ॥

प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस