२०८१ मङ्सिर २२ गते शनिवार

हावाहुरी आउने भएकाले सावधानी अपनाउन आग्रह

दाङ, ११ बैशाख ।
दाङसहित अधिकांश ठाउँमा आज बिहानैदेखि मौसम धुम्म परेको छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ ।

अपरान्ह पछि देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राती भने लुम्बिनी, गण्डकी, कणर्ाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखााले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस