२०८३ साउन २६ गते मङ्गलवार

दाङसहित तराईका जिल्लामा बिहानै वर्षा

दाङ, ८ बैशाख । दाङसहित तराईका केहि जिल्लामा आज बिहानदेखि सामान्य वर्षा भइरहेको छ । गर्मी बढ्दै गएको समयमा वर्षा भएपछि शितलताको महशुस गरिएको छ ।

बेमौसमी तरकारी खेतीलाई फाइदा भएको छ भने डढेलोको जोखिम कम भएको छ । पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मौसम बदलीसँगै हल्का पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस