दाङ, ८ बैशाख । आज लुम्बिनी प्रदेशसहित सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रहने भएको छ भने बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती पनि देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।