२०८१ असोज ४ गते शुक्रवार

नेवि संघको ५४ औं स्थापना दिवस

दाङ, ६ बैशाख । नेपाल विद्यार्थी संघ स्थापनाको ५३ वर्ष पुरा भएको छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आदर्श मानेर २०२७ साल बैशाख ६ गते स्थापना भएको नेविसंघले बुधबार ५३ बर्ष पार गरेर ५४ औं बर्ष प्रवेश गरेको हो ।

संघको ५४ औं स्थापना दिवसको अवसरमा नेविसंघ वृहत संघर्ष समिति संयोजक राजेन्द्र चटौतले नेपालमा ५३ वर्षको इतिहासमा लोकतन्त्रको विकास, विस्तार र जगेर्ना गर्दै विद्यार्थीहरुका वर्गीय मुद्धा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।
शुभकामना सन्देशमार्फत संयोजक चटौतले विद्यार्थीका वर्गीय मुद्धाहरुको उठान र समाधान गर्न नेविसंघ सफल भएको दावि गर्नुभएको हो । नेविसंघ नेपाली कांग्रेसको नर्सरीका रुपमा रहेको उहाँले चित्रण गर्नुभएको छ ।

उहाँले नेपालको बढ्दो जनशक्ति पलायन, शैक्षिक माफियाकरण, बेरोजगारी र आम विद्यार्थीको नैराश्यतालाई सम्बोधन गर्न सबै एकजुट हुनुपर्ने आजको अवस्था रहेको बताउनुभयो ।

उहाँले समाजका नयाँ समस्याका रुपमा देखिएको उपभोक्ता अधिकार हनन, भ्रष्टाचार, मुल्य वृद्धि, मिटर ब्याज, श्रमिक तस्करी, सामाजिक विभेद, डिजिटल एडिक्सन, डिप्रेशन, गैरसंस्कृतिकरण, चरम उग्रवाद र दलालवादको प्रतिकार नेविसंघले ढिला गर्न नहुने बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस