२०८१ जेष्ठ ८ गते मङ्गलवार

तुलीपुरमा बालकलाई टोक्यो सर्पले

दाङ, ४ बैशाख । तुलसीपुरमा एक बालकलाई सर्पले टोेकेको छ । तुलसीपुर-३ का दामोदर कडेलका १२ वर्षिय छोरा भुवन कडेललाई टोकेको हो । जंगलमा घाँस काट्ने क्रममा कडेँललाई नाम नचिनेको सर्पले टोकेको हो ।

सर्पले सोमबार दिउँसो साढे चार बजेपछि बालकको टाउकोमा टोकेको छ । बालकको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस