२०८१ जेष्ठ ९ गते बुधवार

ट्रकको ठक्करबाट निधन भएका दुई युवकको सनाखत


दाङ, ४ बैशाख । दाङमा ट्रकको ठक्करबाट निधन भएका दुवै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा घोराही-११ का १७ वर्षिय गोपाल विक र २६ वर्षका सन्देश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार गोपालको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक सन्देशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेपछि निधन भएको हो ।

तुलसीपुर-घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट-तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस