२०८१ जेष्ठ ८ गते मङ्गलवार

नारायणपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


दाङ, २ बैशाख ।दाङमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट घोराही-१२ बरुवा गाउँका १८ वर्षिय बसन्त केसीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ३१२६ नम्बरको बसले घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही-१० नारायणपुरमा आज दिउँसो चार बजेतिर केसीलाई ठक्कर दिएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार
प्रतिक्रिया दिनुहोस