२०८१ माघ १ गते मङ्गलवार

आन्तरिक पर्यटकको रोजाईमा राप्ती शान्ति उद्यान

तुलसीपुर, २ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित राप्ती शान्ति उद्यान अर्थात गणेशपुर पार्कमा नयाँ बर्षको दिन साढे ३ लाख बढि आम्दानी भएको छ ।

पार्क ब्यबस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीका अनुसार नयाँ वर्षको पहिलो दिन वैशाख १ गते १२ हजार बढिले पार्क अवलोकन गरेका छन् । पार्क प्रवेश शूल्क र पार्किङ शूल्कसहित गरि साढे ३ लाख बढि आम्दानी भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

पार्कमा एकैदिन यति धेरै अवलोकन गर्न आएको यो पहिलो पटक रहेको अध्यक्ष भण्डारीको भनाई छ । विगतमा एकैदिन ७ हजार जति मान्छेले अवलोकन गरेका थिए । तर, अहिले त्यो भन्दा बढिले अवलोकन गरेका छन् ।

यो बर्ष बुद्धको मूर्ति निर्माण गरेकाले पनि बढिले अबलोकन गरेको हुन सक्ने अध्यक्ष भण्डारीको भनाई छ ।

किड्स सेभेन चिल्ड्रेन पार्कको आयोजनामा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । त्यसले पनि अवलोकन गर्नेको संख्या बढाएको हुन सक्ने अध्यक्ष भण्डारीले बताउनुभयो । सांस्कृतिक कार्यक्रममा कलाकार कृष्ण रेउलेलगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

त्यहाँ चिडियाखाना हेर्न पनि उत्तिकै भीड लाग्ने गर्छ । चिडियाखानामा चितुवा,जरायो,घोरललगायतका जनावर छन् । पार्क १६ विघा क्षेत्रफलमा फैलिएको छ । गणेपुरपार्कमा जिल्ला बाहिरबाट पनि पर्यटकहरु आउने गरेका छन् । बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट आउने गरेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार
प्रतिक्रिया दिनुहोस