२०८१ चैत्र ७ गते बिहिवार

दाङमा नयाँ वर्षकै दिनमा स्कुटी दुर्घटनामा एक जना गम्भिर घाइते

दाङ, १ बैशाख । दाङमा नयाँ वर्षकै दिनमा सवारी दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी तुलसीपुर-१४ का २३ वर्षिय सुगम चौधरी गम्भिर घाइते हुनुभएको हो ।

गम्भिर घाइते चौधरीको टाउको र शरिरमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो । घाईतेको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ५ प ३८९६ नम्बरको स्कुटी गएराती साढे १ बजेतिर दंगिशरण गाउँपालिका वडा नम्बर ६ मिरौलीमा आफै अनियन्त्रित दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस