२०८० फाल्गुन २१ गते सोमवार

मालपोतमा कागज नहुँदा कामकाज प्रभावित

तुलसीपुर, २८ चैत । मालपोत कार्यालय तुलसीपुरमा कागजको अभाव हुँदा कामकाज प्रभावित भएको छ । कार्यालयमा जग्गाधनी प्रमाण पूर्जा र जग्गाधनी दर्ता श्रेष्ताको कागजको अभाव भएको हो ।

आवश्यक कागजको माग गरेको लामो समयसम्म पनि प्राप्त नभएको मालपोत कार्यलय तुलसीपुरका प्रमुख कणर् बहादुर नेपालीले बताउनुभयो । मालपोतमा कागज नहुँदा कामकाजसमेत प्रभावित भएको उहाँले बताउनुभयो ।

कार्यलयमा फागुनदेखि कागज भूमि व्यवस्थापन तथा अभिलेख विभागले कागज उपलब्ध गराएको छैन् । कागजको अभाव हुँदा मालपोत कार्यालय तुलसीपुरले सल्यान, प्यूठान, बाँके, घोराही र लमहीबाट पनि सापटी मागेर काम चलाएको प्रमुख नेपालीले बताउनुभयो ।

कार्यालयमा आवश्यक कागज नहुँदा जग्गा जग्गा पासको काम हुन नसकेको तुलसीपुर-१२ रझेनाका गणेश बस्नेतले बताउनुभयो । मालपोत कार्यालय तुलसीपुरमा दैनिक सरदर १ सय पूर्जा, एक सय राजिनामा लगातयतको कागजको आवश्यक पर्छ । तर पछिल्लो समय कागज आउन छोडेको छ ।

कार्यालय प्रमुख नेपालीले माघ र फागुनमा गरेर दुवै कागज १५/१५ हजार माग गरेको बताउनुभयो । तर विभागले ढिलाइ गर्दा अहिले कार्यालयमा कागजको अभाव भएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस