२०८२ जेष्ठ ७ गते बुधवार

दर्ता बिनै चलेको नामबाट व्यवसायीक बोर्ड

दाङ, २६ चैत । बजारमा चलेका नामबाट व्यवसायीक बोर्ड राख्ने प्रचलन निकै छ । दर्ता एउटा तर बोर्डमा चलेको नाम राख्ने प्रचलन छ भने दर्ता बिनै व्यवसायीक बोर्डमा चलेकै नाम राख्ने प्रचलन पनि देखिएको छ ।

तुलसीपुरमा पछिल्लो समय भिक्टोरिया ट्युसन सेन्टर चलेको नाम हो । सेन्टरमा पछिल्लो लोक सेवा आयोगको तयारी कक्षादेखि विभिन्न भाषाको तयारी कक्षा लगायतमा विद्यार्थीको आर्कषण निकै छ ।

भिक्टोरिया नाम धेरै चलेपछि त्यसकै नाम राखेर घोराहीको भिक्टोरिया ट्युसन सेन्टर प्रालिले तुलसीपुरको विपि चोकमा भिक्टोरिया ट्युसन सेन्टर लेखिएको ठुलो व्यवसायीक बोर्ड राखेको छ । तुलसीपुर उपमहानगरपालिकामा दर्ता नै नभएको ट्युसन सेन्टरले पहिले चलेकै नाम राखेर ठुलो बोर्ड राखेको छ ।

एउटै नामबाट व्यवसाय दर्ता गर्न मिल्ने प्रावधान समेत नभएको अवस्थामा अरुको नामबाट बोर्ड समेत राख्न मिल्दैन् ।

दर्तामा नै नभएको ट्युसन सेन्टरले तुलसीपुरको विपि चोकमा भिक्टोरिया ट्युसन सेन्टरको नाम राखेर संचालन गरेपछि यसअघि नै सोहि नामबाटै संचालन गरिरहेका केशब लामिछानेले चैत १९ गते एउटै नामबाट राखिएको बोर्ड हटाई पाउँ भनेर तुलसीपुर उपमहानगरपालिकामा निवेदन पनि दिनुभयो ।

तर नगरले कुनै पनि चासो दिएन । नगरका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले एउटै नामबाट ट्युसन सेन्टर संचालन नपाईने भन्दै तत्काल हटाउन पहल गर्ने प्रतिवद्धता गर्नुभएको थियो । तर अहिलेसम्म बोर्ड हटेको छैन् ।

ईकापी न्यूजसंगको कुराकानीमा नगरका प्रमुख प्रशासकिय अधिकृत केसीले एउटै नामबाट व्यवसाय संचालन गर्ने प्रावधान पनि नभएको र तुलसीपुरमा विपि चोकमा रहेको भिक्टोरिया ट्युसन सेन्टरलाई नियमन गर्नका लागि सम्बन्धि शाखामा जानकारी गराएको बताउनुभयो ।

‘मैले सम्बन्धित शाखामा जानकारी गराइसकेको थिएँ, अहिलेसम्म नियमन भइसकेको होला भनेको थिएँ ।’ उहाँले भन्नुभयो-‘यदि अझैसम्म नभएको भए म तत्काल सम्बन्धित शाखालाई नियमनका लागि निर्देशन दिन्छु ।’

अडियो

यस्तै नगरका कर शाखा अधिकृत ललित बहादुर घर्तीले आजै बोर्ड हटाउन लगाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ‘विपि चोकको भिक्टोरिया ट्युसन सेन्टर हामी कहाँ दर्ता भएको छैन् ।’ उनले इकापी न्यूजसंग भने-‘यसलाई आजै हामीले नियमन गर्छौँ ।’ एउटै प्रकृतिको व्यवसाय संचालन गर्ने अधिकार भएपनि एउटै नामबाट व्यवसाय दर्ता समेत नहुने उनले बताए ।

तुलसीपुरको विपि चोकमा रहेको भिक्टोरिया ट्युसन सेन्टरका संचालकले विद्यार्थीलाई भ्रममा पार्न विभिन्न सामाजिक संजाल समेत भिक्टोरिया ट्युसन सेन्टरको नाममा संचालन गरेको देखिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस