२०८१ चैत्र ७ गते बिहिवार

तुलसीपुरमा आजदेखि मेयरकप फुटबल प्रतियोगिता हुने

दाङ, २५ चैत । तुलसीपुरमा आजदेखि मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । तुलसीपुरको अरनिको मैदानमा हुने प्रतियोगिताको उद्घाटन बिहान ११ बजे हुने भएको छ ।

प्रतियोगिताको उदघाटन नगरप्रमुख टिकाराम खड्काले गर्नुहुने भएको छ । प्रतियोगितामा नगरका १९ वटै वडाबाट टिमको सहभागीता रहने नगरका सुचना अधिकृत बावुराम न्यौपानले जानकारी दिनुभयो ।

आजदेखि शुरु हुने प्रतियोगिता ३० गतेसम्म संचालन हुने आयोजक तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । खेल क्षेत्रमा खेलाडीको आर्कषण बढाउन प्रत्येक वर्ष मेयरकपको आयोजना गर्ने गरिएको छ ॥

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस