
दाङ, २३ चैत । दाङसहित देशभर हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कणर्ाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी पहाडी भू-भागलगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
महाशाखाले अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । कणर्ाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
ती स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।