२०८२ बैशाख १० गते बुधवार

सडक पेटीमा बस्दै आएकी महिलाको उपचारको क्रममा मृत्यु

दाङ, २१ चैत । तुलसीपुर स्थित सडकपेटीमा वेवारिसे अवस्थामा बस्दै आएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

एक हप्तादेखि तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ पातुखोला स्थित पुलमुनी बस्दै आएकी पुष्पा डाँगी नाम बताउँने २८ वर्षीया महिलालाई हिजो मानव सेवा आश्रम तुलसीपुरले उद्धार गरेको थियो ।

विभिन्न रोगले ग्रसित उक्त महिलालाई आश्रमले उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेको थियो । उक्त महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभयो । महिलाको शव अहिले अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस