दाङ, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावरले आज चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको हो । जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ ।
यसअघि यो कम्पनीरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरिसकेको छ ।
सर्वसाधारणका लागि खुला गरिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यो आईपीओ निष्कासन बन्द छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ३ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।