
दाङ, १९ चैत । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज बिहानै मौसम सफा भएर घाम लागेको छ । तर, अहिले घाम लागे पनि दिउँसो भने बदली हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो र बेलुका पानी पर्ने सम्भावना छ । आज कोशी प्रदेश लगायत पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा नै रहने छ ।
पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान र हिजोअस्तिको जस्तो लगातार पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ रहेको छ ।
प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार