घोराही, १४ चैत ।
नेपाल विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेश कार्यसमितीले विभिन्न माग राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
परिषद्का प्रदेश अध्यक्ष गोबिन्द घर्तिको नेतृत्वमा गाएको दाङ जिल्ला सचिव घनबहादुर रावत, प्रदेश सदस्य दुधराज चौधरी, जिल्ला संगठन विभाग प्रमुख पुणर्बहादुर विक लगाएतको टोलीले लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद पन्थलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, विद्यालय सहायक र विद्यालय सहयोगीको सेवा सुविधाका विषयमा राज्यबाट विभेद भएको भन्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा नेपाल सरकारसँग भएका वार्ता र सम्झौता अनुरुप न्युनतम सेवा सुविधा उपलब्ध गराउन ध्यानाकर्षण गराईको छ । वार्ता र सम्झौता अनुरुप न्युनतम सेवा सुविधा उपलब्ध गराउन राज्य पक्षले आनाकानी गरेकाले देशभरिकै विद्यालय कर्मचारीहरु आन्दोलित रहेको व्यहोरा अवगत गराउदै समस्या समाधानका लागि गम्भिर बन्न परिषदले अनुरोध गरेको छ ।
ध्यानाकर्षण पत्रमा ‘विद्यालय कर्मचारीहरु आफ्ना पेशागत हकहितका लागि अनवरत रुपमा सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउदै आन्दोलनरत रहेको व्यहोरा जानकारी गराउदछौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा नेपाल सरकारसँग भएका वार्ता र सम्झौता अनुरुप न्युनतम सेवा सुविधा दिन पनि राज्य पक्षले आनाकानी गरेकाले हामी विद्यालय कर्मचारीहरु असाध्यै पीर मर्कामा परेका छौं । देशमा भएको राजनितिक परिवर्तन पश्चात पनि ज्यादै न्युन तलव सुविधामा काम गरिरहनु परेको छ, पत्रमा उल्लेख गरिएको छ ।