२०८० फाल्गुन १५ गते मङ्गलवार

ढुंगाले लागेर बालकको मृत्यु

रुकुम पश्चिम, १० चैत ।
रुकुम पश्चिममा विद्यालयबाट फर्किँदै गर्दा ढुङ्गाले लागेर एक जना बालकको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरीका महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीवार हिजो बेलुका ढुङ्गाले लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार परियारलाई विद्यालयबाट फर्कने बेला गोइरी भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेको थियो । करिब ६०÷७० मिटर माथिबाट आएको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको डीएसपी भट्टराईले जानकारी दिनुभयो ।

परियार स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययनरत थिए । ढुङ्गा के, कसरी खस्यो भन्ने कुरा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस