२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा बन्यजन्तुको २० केजी सुकुटीसहित एक जना पक्राउ

दाङ, ७ चैत ।
दाङमा बन्यजन्तुको सुकुटीसहित एक जना पक्राउ परेका छन् । प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर ७ छेरियानाका ४९ वर्षिय कमानसिं विकलाई २० केजी बन्यजन्तुको सुकुटीसहित पक्राउ गरेको हो ।

विकलाई हुलाकी राजमार्ग अन्तर्गत राजपुर-५ नौसरबाट बन्यजन्तुको सुकुटीसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

पक्राउ परेका विकलाई आवश्यक कार्बाहीका लागि डिभिजन बन कार्यालय लमही देउखुरीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस