
दाङ, ७ चैत । दाङसहित देशभरि कै मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेकाले देशभरि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।
राति पहाडी भूभागका थोरै तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आजको भन्दा भोलि पानी पर्ने क्रम कम हुनेछ ।
तर अझै केही दिन देशभरिकै मौसम आशिंकदेखि बदली भइ देशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेको भनाइ छ ।
प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार