दाङ, ३ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, देशको पहाडी र तराईका भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग-हावा हुरीसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।
प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार