२०८० चैत्र १६ गते शुक्रवार

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

काठमाडौं-चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् ।

चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झा उम्मेदवार रहनुभएको छ। जसपाकै प्रमिला कुमारी यादवले भने आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस