दाङ, ३० फागुन । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले लगाएको ताला खुलेको छ । गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले लगाएको ताला केहिबेर अघि खुलेको हो ।
वार्ताका माध्यमबाट विवाद टुंगो लगाउने सहमती भएपछि ताला खोलिएको अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेतले बताउनुभयो ।
समस्या समाधानका लागि क्याम्पस प्रमुख उदयप्रसाद सुवेदी, अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार र अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत बिच अहिले वार्ता भइरहेको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार