२०८१ असोज ४ गते शुक्रवार

तराईका जिल्लामा गर्मी बढ्दै

दाङ, २६ फागुन । दाङसहित तराईका जिल्लामा गर्मी बढ्न थालेको छ । प्रि-मनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको हो । तराईका केही जिल्लाको तापक्रम ३० डिग्री सेल्सियस नाघिसकेको छ । तर दाङको अधिकतम तापक्रम २९ डिग्रि सेल्सीयस नजिक पुगेको छ ।

जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार दाङको अधिकतम तापक्रम २८ दशमलव ६ डिग्री सेल्सीयससम्म पुगेको छ । पछिल्लो एक सातामा अधिकतम तापक्रम २८ देखि २९ डिग्री सेल्सीयसको बिचमा रहेको हो ।

तर देशका केहि ठाउँको तापक्रम ३० डिग्री सेल्सीयस भन्दा माथि छ । जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । यस्तै, धरान ३१ दशमलव ८, भैरहवाको ३१ दशमलव ९, सिमराको ३१ दशमलव ४, विराटनगरको ३१ दशमलव २, नेपालगञ्जको ३० दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ । यसपालिको हिउँदमा खासै पनि नपरेकाले सुक्खापन बढेको छ ।

हिउँदयाममा वर्षा र हिमपात खासै नभएकाले गर्मी थप बढ्ने अनुमान गरिएको छ । यसपालि माघ महिनादेखि जाडो कम भइसकेको थियो । अहिले केही ठाउँको मौसम बदली भइरहे पनि अबको दुई/चार दिनसम्म खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । अरु ठाउँमा भने घाम लागेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस