२०८१ जेष्ठ ५ गते शनिवार

कला र संस्कृतीको जगेर्ना अनिवार्य : मन्त्री थारू

कपिल लामिछाने । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा यातायत ब्यबस्था मन्त्री ईन्द्रजित थारूले थारु समुदायका कला र संस्कृतीहरु लोप हुन लागेको भन्दै कला र संस्कृतिको जगेर्ना अनिवार्य रुपमा गर्नुपर्ने बताउनुभयो ।

आज भुँयारथान संरक्षण समिति तुलसीपुर-१८ दुधरासको भुँयारथान मन्दिर उद्घाटन गर्दै मन्त्री थारुले पश्चिमा संस्कृतिले गर्दा थारु जातीका मुल्य र मान्यताहरुमा ह्रास आएको र यसलाई समयमा नै संरक्षण र सम्बर्द्धन गर्न सकिएन भने भोलिका दिनमा भुँयार पुज्ने मन्दिर खोज्न र यो परम्परा नै जोखिममा पर्न सक्ने भन्दै यसको संरक्षणमा गाउँ टोल वडा,नगरपालिका मात्रै नभएर राज्य पनि गम्भिर हुनुपर्ने बताउनुभयो ।

भुँयारथानको प्रचलन जतिबेला बिज्ञान र प्रबिधिको सुरुवात भएको थिएन त्यतिबेला ठुला ठुला समस्याहरुबाट मुक्ति पाउनका लागी देउता पुकार्ने,प्रकृतिलाई पुजा गरि मानविय सभ्यता बचाउनका लागी भुँयार पुज्ने प्रचलनको सुरुवात भएको मन्त्री थारुले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश दाङ क्षेत्र नं २ख का सांसद प्रचण्ड बिक्रम न्यौपानेले थारु समुदायक दाङमा मात्रै १ सय ४१ गाउँ हुँदापनि थारु सभ्यता र थारु संस्कृति दिनानुदिन लोप हुँदै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले थारु संस्कृति र थारु सभ्यताको बिकासका लागी तुलसीपुर उपमहानगरपालिकाले निकै नै चासोका साथ हेरेको र अबको ५ बर्षमा लोप हुँदै गएका थारु सभ्यतालाई माथि उठाउनका लागी आफुले जतिसक्यो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा थारू मटवा महासंघका केन्द्रिय सदस्य जगबिर चौधरी,मटवा महासंघ दाङका अध्यक्ष चन्द्र बहादुर चौधरी लगाएतले थारु समुदायमा भएका समस्या र समाधानका लागी मन्त्री थारुलाई ध्यानआकर्षण गराउनु भएको थियो ।

भुँयारथान संरक्षण समितिका अध्यक्ष कमल चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात ब्यबस्था मन्त्री ईन्द्रजित थारुको प्रमुख आथित्यता एवम् तुलसीपुर उपमहानगरपालिककि उपमेयर स्यानी चौधरीको बिशिष्ठ आथित्यमा सम्पन्न कार्यक्रममा भुँयारथान टोल बिकास संस्थाका उपाध्यक्ष टेक बहादुर चौधरीको स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण भुँयारथान संरक्षण समितिका सचिव मनबिर चौधरीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस