२०८१ माघ २ गते बुधवार

विश्वकप क्रिकेट लिग टू : नेपाल यूएईसँग पराजित

विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ । २०८ रनको लक्ष्य पाएको नेपालले ३१ ओभर ५ बलमा सबै विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।

नेपालका कुसल मल्लले ६० रन बनाउनुभयो । त्यस्तै सन्दीप लामिछानेले अविजित २६ रन बनाउँदा, आसिफ शेखले १७, दिपेन्द्रसिंह ऐरीले ७, कुशल भुर्तेलले ५ र सोमपाल कामीले ४ रन बनाउनुभयो । ज्ञानेन्द्र मल्ल, आरिफ सेख र कप्तान रोहित पौडेलले कुनै पनि रन जोड्न सक्नुभएन ।

युएईका लागि कार्तिक मैयप्पन र रोहन मुस्ताफाले ३/३ विकेट लिँदा जुनैद सिद्धिकीले २ विकेट लिनुभयो ।

पहिले ब्याटिङ गरेको यूएईले आसिफ खानको ७२ र रोहन मुस्तफाको अबिजित ५२ रनको मद्दतमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल, आरिफ शेख र करण केसीले एक एक विकेट लिनुभयो ।

यससँगै लिग टूमा नेपालको लगातार ५ खेलको जित यात्रा पनि टुङ्गिएको छ । विश्वकप क्रिकेटको छनोट खेल्न नेपालले अब बाँकी सबै ६ वटा खेल जित्नुपर्नेछ । 

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस