२०८१ माघ २ गते बुधवार

निर्माण ब्यवसायि महासंघ लुम्विनि प्रदेशको अध्यक्षमा वलिभद्र राना निर्विरोध

घोराही, १८ फागुन । नेपाल निर्माण ब्यवसायी महासंघ लुम्विनी प्रदेशको अध्यक्षमा निर्माण ब्यवसायी वलिभद्र राना सर्वसम्मत चयन हुनुभएको छ ।

राना लुम्विनि प्रदेश निर्माण ब्यवसायि महासंघको सस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ दोस्रो कार्यकालको लागि निर्विरोध अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

सुरुको कार्यकाल पनि राना निर्विरोध नै अध्यक्षमा चयन हुनुभएको थियो ।

दुई दिन सम्म घोराहीमा चलेको अधिवेसन तथा साधारण सभाले अध्यक्षमा रानालाई सर्वसम्मत गराएपनि अन्य पदमा पनि निर्विरोध चयन गर्ने तयारी भइरहेको अधिवेसनमा सहभागि निर्माण ब्यवसायि विमलमान श्रेष्ठले जानकारी दिनुभयो राना सामाजिक क्षेत्रमा पनि कृयाशिल ब्यक्ती हुनुहुन्छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस