२०८१ माघ २ गते बुधवार

लुम्बिनी प्रदेशमा सरकार फेर्ने कसरत सुरु

दाङ १७, फाल्गुन । संघमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनी प्रदेशमा पनि सरकार फेर्ने कसरत सुरु भएको छ । अहिले लुम्बिनीमा एमालेका नेता लिला गिरीको नेतृत्वमा सरकार छ । अहिलेको एमाले नेतृत्वको सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास सुरु भएको हो ।

हिजो मंगलबारसम्म अनौपचारिक छलफल गरिरहेका दलहरुले एमाले नेतृत्वको सरकार विस्थापित गराउने रणनीति र शक्ति बाँडफाँटको विषयमा औपचारिक छलफल गर्न आज बुधबार बिहान ११ बजे प्रदेश राजधानी देउखुरीमा बैठक राखेका छन् ।

बैठकमा ८ दलका संसदीय दलका नेता सहभागी हुने लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले बताउनुभयो ।

एमाले नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर पुनः विश्वासको मत लिने प्रक्रियामा जाँदा थप २ महिना सरकार लम्बिने भएकाले छोटो समयमा सरकार परिवर्तन गर्न कसरी अघि बढ्ने भन्ने छलफल कांग्रेस र माओवादीबीच भइरहेको छ ।त्यसलाई सामूहिक छलफल गर्ने गरी आजकोको बैठक आह्वान गरिएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस