
दाङ, १६ फागुन ।
दाङमा रूखले च्याप्दा एक जना गम्भीर घाइते भएका छन् । रूख ढाल्ने क्रममा आज साँझ पौने ६ बजेतिर रूखले च्यापेर दंगीशरण-२ कलमखोलाका भीमबहादुर भण्डारी गम्भीर घाइते हुनुभएको हो ।
उहाँको ढाडमा भित्री चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सिटी हस्पिटलमा रिफर गरिएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार