२०८१ कार्तिक २२ गते बिहिवार

आउँदो शुक्रबार कपुरकोट गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने

तुलसीपुर, १६ फागुन ।
कपुरकोट गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । फागुन १९ गत सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिएको कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

गाउँपालिकाको तर्फबाट योजना, कृषि, पशु, शिक्षा लगायतका प्रत्येक शाखाले ६ महिनाको अवधिमा गरेका कामको प्रतिवेदन सार्वजनिक सुनुवाइमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस अवसरमा प्रतिनिधि मूलक सहभागीले गाउँपालिकाको कार्य सम्पादनमा चित्त नबुझेमा सोझै प्रश्न गर्ने र त्यसको जवाफ सम्बन्धित पालिकाको शाखाले दिनुपर्ने छ ।

कार्यक्रममा सहभागिताका लागि राजनीतिक दल, जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, कृषि समूहका प्रतिनिधि, महिला समूह तथा विभिन्न क्लबका प्रतिनिधि, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, पत्रकार लगायतलाई पालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस