२०८१ चैत्र ८ गते शुक्रवार

सदस्यता नविरण गर्न सामुदायिक वन समूहलाई महासंघको आग्रह

दाङ, १३ फागुन ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङले जिल्लाका सवै सामुदायिक वन समूहहरुलाई महासंघसगँको आवद्धता र नविकरण गर्न आग्रह गरेको छ ।

जिल्ला महासंघ दाङको आज शनिवार घोराहीमा सम्पन्न पूणर् बैठकले वन महासंघको अधिवेसन र महाधिवेसनलाई लक्षित गरी यही फागुन २० गतेभित्र महासंघको सदस्यता नविकरण गर्न आग्रह गरेको हो ।

वन महासंघको केन्द्रीय समितिको निणर्य अनुसार सवै वन समूहको आवद्धता नविकरण सम्पन्न गरी चैत २० गतेसम्म स्थानीय महासंघको अधिवेशन र बैशाख १० गतेभित्र जिल्ला अधिवेशन गर्ने निणर्य बैठकले गरेको बैठकपछि वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिनुभयो ।

वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको सभापतित्व एंव वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रमुख अतिथि खड्काले आगामी जेठ ९ गतदेखि १२ गतेसम्म हुने सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेनलाई लक्षीत गरी स्थानीय तहदेखि जिल्ला र प्रदेश अधिवेसनको समय तालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

वन महासंघ दाङका कोषाध्यक्ष कमलराज पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको बैठकमा जिल्लाको पालिका तहमा भएका सामुदायिक वनका गतिबिधिका बारे स्थानीय महासंघका अध्यक्षहरुले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वन महासंघका केन्द्रीय सदस्यद्धय सावित्रा राना र रीता बिक, न्यायिक समिति संयोजक खिमा अधिकारी, वन महासंघ घोराहीका अध्यक्ष कणर्बहादुर बुढाथोकी, तुल्सीपुरका अध्यक्ष चन्द्रबहादुर वली,राप्तिका अध्यक्ष हरि भुसाल, राजपुरका रामबरण यादव, वबइका अध्यक्ष मोहलाल थापा, ललित केसी, फर्सबहादुर नेपाली, लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिरकण जिल्ला सचिव जानका केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस