दाङ ११ फागुन ।
हात्तीपाइले रोग निवारण गर्न दाङसहित देशका १५ जिल्लामा आजदेखि हात्तिपाइले रोगविरुद्धको औषधि सेवन अभियान संचालन हुन लागेको छ । दाङमा १२ औँ पटकको अभियान सफल हुन नसकेपछि तेह्रौँ पटक आजदेखि औषधि खुवाइदै छ ।
यस पटक जिल्लामा ६ लाख ८७ हजारलाई खुवाउने लक्ष्य राखिएको छ । कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई आम औषधी सेवन हुनुपर्नेमा गत वर्षपनि निकै थोरैले औषधी सेवन गरेका कारण दाङमा तेह्रौँ पटक आम औषधी सेवन अभियान गर्न थालिएको हो ।
यो अभियान सफल बनाउन जिल्लाका १० वटै पालिकामा रहेका ६ लाख ८७ हजार जनसंख्यालाई औषधी खुवाउन ६ सय ६१ स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटिने छन् । आगामि सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार