२०८० फाल्गुन १५ गते मङ्गलवार

दाङ इशाई समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन

दाङ, ९ फागुन ।
दाङ इशाई समाजको अध्यक्षमा डिल्ली बहादुर भण्डारी चयन हुनुभएको छ । समाजको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा कर्ण बहादुर पुन, सचिवमा बिष्णु खाती, कोषाध्यक्षमा दिपक चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा रामेश्वर चौधरी, हरि वली, नवराज डाँगी, खिमबहादुर बिक, सन्तोष चौधरी, ज्ञानेन्द्र बहादुर पुन, हरि नेपाली, केशर तिरुवा र नारायण पुन चयन हुनुभएको छ ।

समितिको सल्लाहकारमा नरेन्द्र बराल, बलबिर सेर्पाइली र टोपबहादुर महतारा चयन हुनुभएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस