२०८१ माघ ८ गते मङ्गलवार

तुलसीपुर उमनपामा आज सबै सेवा बन्द

तुलसीपुर, ८ फागुन ।
कार्यालय सहयोगीको निधनको शोकमा सोमबार (आज) तुलसीपुर उपमहानगरपालिकाका सबै सेवा बन्द भएका छन् । उपमहानगरपालिकाले शोक विज्ञप्ती जारी गर्दै तुलसीपुर उपमहानगर र मातहतका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने जनाएको छ ।

कार्यालयमा कार्यरत कार्यालय सहयोगी जिताराम चौधरीको निधन भएपछि उपमहानगरपालिकाले कार्यालय अन्तर्गत पर्ने आज सबै सेवा बन्द गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ निवासी चौधरी २०६४ माघदेखि नियमित कार्यालय सहयोगी पदमा कार्यरत रहनुभएको थियो । उहाँको गएराती निधन भएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस