२०८१ माघ ६ गते आइतवार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : कृषिमन्त्रीमा जसपाका अहिर

 दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले जनता समाजवादी पार्टी संसदीय दलका नेता भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका हुन् ।

एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भएका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ ।

मन्त्री अहिरले भोलि सोमबार ११ बजे बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पद तथा गोपनियताको शपथ लिनेछन् ।

लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस