२०८१ जेष्ठ ५ गते शनिवार

निराशाजनक विकास खर्च

दाङ, २८ माघ ।
बजेट खर्चको अबस्था स्थानीय तहमा पनि निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष सकिन करिब पाँच महिना मात्रै बाँकी हुँदा अधिकांस पालिकाले ३० प्रतिशत बजेट पनि खर्च गर्न सकेका छैनन् । त्यसमाथि विकास खर्चको अवस्था झनै चिन्ताजनक छ ।

अहिलेसम्म खर्च भएको बजेटमध्ये विकास बजेट १५ प्रतिशत हाराहारीमा देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा स्थानीय सरकारले करिब पाँच खर्ब रुपैयाँबराबरको बजेट ल्याएका छन् ।

तर, ७ महिनासम्म करिब एक खर्ब ८० अर्ब मात्रै खर्च भएको छ, जुन कुल बजेटकोकरिब ३० प्रतिशतहुन आउँछ।गएको आर्थिक वर्षमा स्थानीय सरकारले वार्षिक बजेटको करिब ५७ प्रतिशत मात्रै खर्च गरेका थिए भने पछिल्ला ३ वर्षको तथ्याङ्क हेर्दा औसत ७४.११ प्रतिशत मात्रै खर्च गर्न सकेका छन् ।

हरेक वर्ष स्थानीय सरकारको कुल बजेट बढ्दै गएको छ तर खर्च भने हुन सकेको छैन । यसमा सङ्घिय नीति मुख्य कारक रहेको गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी अधिकृत राजेन्द्र प्याकुरेलले बताउनुभयो ।

कतै कर्मचारी अभाव, कतिपय पालिकामा कानुन नै बन्न नसकेको र कतिपयमा आन्तरिक विवाद रहेका कारण पनि बजेट खर्चमा असर परेको उहाँले बताउनुभयो । विकासका योजना बनाउने, बजेट छुट्याउने तर प्रक्रियामा हुने ढिलाईका कारण खर्च गर्न नसक्ने प्रवृत्तिमा सुधारको आवश्यकता रहेको अर्थविद् चन्द्रमणी अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस