२०८१ फाल्गुन ३ गते शनिवार

मृगौला पीडितलाई राहत रकम हस्तान्तरण

तुलसीपुर १४ माघ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङका निबर्तमान सदस्य तथा मृगौला पीडित गिर्दल नेपालीलाई राहत रकम प्रदान गरिएको छ ।

लामो समय सम्म चालकको रूपमा काम गरि हाल मृगौला पीडित नेपालीलाई जिफन्टको राहात कोषबाट उपलब्ध भएको ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र ओलिले जानकारी दिनुभयो ।

यस अघि संगठनको तर्फबाट पनि आर्थिक सहयोग गरिएको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस