२०८० फाल्गुन २१ गते सोमवार

१५ हजार बढीले बनाए राष्ट्रिय परिचय पत्र

तुलसीपुर, १३ माघ ।
तुलसीपुरबाट १५ हजार बढीले राष्ट्रिय परिचय पत्र बनाएका छन् । ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट चालु आर्थिक वर्षको श्रावणदेखि पुस महिनासम्म १५ हजार ८९९ जनाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।

६ महिनाको अवधिमा पुस मसान्तसम्म ५ हजार ५ सय ३९ महिला र १० हजार ३ सय ६० पुरुषले राष्ट्रिय परिचयपत्रको सेवा लिएको ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार ६ महिनाको अवधिमा ५ हजार ५ सय ३९ महिला र १० हजार ३ सय ६० पुरुषले राष्ट्रिय परिचयपत्रको सेवा लिएका हुन् ।

तुलसीपुरबाट श्रावण महिनामा मात्रै एक हजार २० महिला र २ हजार २ सय १७ पुरुष गरि ३ हजार २ सय ३७ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । त्यसैगरि भदौमा ७ सय ५७ महिला र एक हजार सातसय ८२ पुरुष गरि दुई हजार ५ सय ३९, असोज महिनामा ९ सय ७० महिला र ८ सय ३५ पुरुष गरी एकहजार आठ सय पाँच जनाले परिचयपत्रका लागि विवरण दर्ता गरेका छन् ।

यस्तै कार्तिकमा ७ सय ६८ महिला र एकहजार चारसय २६ पुरुष गरी २ हजार १ सय ९४, त्यसैगरि मंसिर महिनामा ९ सय ५ महिला र १ हजार ८ सय ७७ गरि २ हजार सातसय ८२, पुस महिनामा १ हजार १ सय १९ महिला र २ हजार २ सय २३ पुरुष गरेर ३ हजार ३ सय ४२ राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस