२०८० फाल्गुन १५ गते मङ्गलवार

तुलसीपुरमा दैनिक ५ घण्टा विद्युत अवरुद्ध हुने

दाङ, १० माघ ।
मंगलबार (आज)देखि शुक्रबारसम्म तुलसीपुर क्षेत्रमा दैनिक ५ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

विद्यतु प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालाका अनुसार शुक्रबारसम्म दैनिक बिहान ६ देखि ८ बजेसम्म र बेलुका ६ देखि ९ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

ट्रान्सफर्मरमा देखिएको समस्या समाधानका लागि दैनिक ५ घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस