२०८१ कार्तिक २२ गते बिहिवार

तुलसीपुर बजारको पिपलबोटमा सार्वजनिक धारा निर्माण

तुलसीपुर, ६ माघ ।
तुलसीपुरको पिपलबोटमा फिल्टरसहितको सार्वजनिक धारा निर्माण गरिएको छ । तुलसीपुर-५ बसपार्क नजिकै पिपलबोटमा तुलसीपुर नगर जेसिजले सार्वजनिक धारा निर्माण गरेको हो ।

बजारको सबैभन्दा बढी चहलपहल हुने ठाउँमा खानेपानीको सहजताका लागि जेसिजले धारा निर्माण गरेको तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष केशबराज केसीले जानकारी दिनुभयो ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको समन्वयमा माइडिएनको १ लाख १ हजार १ हजार ३१ र जेसिजका पदाधिकारीको आर्थिक सहयोगमा धारा निर्माण भएको हो ।

धाराको शुक्रबार वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह र खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले उद्घाटन गर्नुभएको हो । तुलसीपुर नगर जेसिन वर्ष २०२२ उपाध्यक्ष शैलेन्द्र कुमार वलीको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रममा खानेपानीका अध्यक्ष भण्डारीले सार्वजनिक धाराको आवश्यक रहेको र अन्य ठाउँमा पनि राख्न खोजेको बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसिजका उपाध्यक्ष भिम बहादुर कवरले सार्वजनिक धाराले स्थानीयलाईसंगै बाहिरबाट आएका नागरिकतालाई सहजता हुने बताउनुभयो । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिज वर्ष २०२२ का महासचिव पुणर्विक्रम डाँगीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस