२०८१ माघ २ गते बुधवार

माइत हिडेकी निर्मला सम्पर्कबिहिन

सल्यान, ६ माघ । सल्यानमा एक महिला विगत २० दिनदेखि सम्पर्क बिहिन भएकी छन् । कपुरकोट गाउँपालिका-६ जलबाङका २६ वर्षीया निर्मला विक सम्पर्कबिहिन भएकी हुन् ।

गत पौष १६ गते माइत हिडेकी श्रीमती निर्मला सम्पर्क बिहीन भएको उहाँका श्रीमान भिम विकले जानकारी दिनुभयो ।

घरमा ९ र ६ वर्षका दुई छोरालाई छोडेर माइत हिडेकी श्रीमती सम्पर्कबिहिन भएपछि खोजिका लागि परिवारले आग्रह गरेको छ ।

उनको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय लुहाममा निवेदन दिएको र अहिलेसम्म सम्पर्कमा नआएको श्रीमान विकले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस