२०८१ चैत्र ८ गते शुक्रवार

तुलसीपुरसहित देशका मूख्य शहरमा वायु प्रदुषण


दाङ, ६ माघ ।
दाङसहित देशभरमा वायु प्रदूषण बढेको छ । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) दाङको तुलसीपुरसहित देशका मुख्य सहरमा १ सय भन्दा माथि पुगेपछि वायु प्रदुर्शन उच्चरुपमा बढेको देखिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ ।

तर तुलसीपुर, काठ्माण्डौ, भक्तपुर, ललितपुर र धरानाको एक्यूआई एक सय भन्दा माथि पुगेको छ । (एक्यूआई) काठमाण्डौ, ललितपुर र भक्तपुरमा एक सय ६० भन्दामाथि रहेको छ । त्यस्तै धनकुटामा एक्यूआई एक सय ६० र दाङको तुलसीपुरमा एक सय ५४ रहेको छ ।

एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । यस्तो खालको वायुले सबै समूहका मानिसलाई असर पार्ने विज्ञले बताउँदै आएका छन् ।

एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २ दशमलव ५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ ।

एक्यूआई जति बढ्दै गयो उति घातक मानिन्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । लामो समयदेखि पानी नभएकै कारण सुक्खापन बढाएको छ । यसले गर्दा प्रदूषण पनि बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

यस्तै प्रदुषण बढ्नुमा पुराना गाडी र सडकको धुलोलाई पनि कारक मानिएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार यस वर्ष हिउँदमा पानी नपरेको असरले प्रदूषणको मात्रा बढेको छ । त्यस्तै वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा थुप्रिएको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन डाक्टरको सुझाव छ । सकेसम्म काम नपरि घरबाट बाहिर ननिस्कने र निस्कदा मास्क लगाउन डाक्टरको सुझाव छ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस