२०८१ फाल्गुन १ गते बिहिवार

युरोगार्ड र स्क्यानर मेसिन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कार्यालयलाई सहयोग


तुलसीपुर ५ माघ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको कार्यालयलाई दुई जना दाताले युरोगार्ड र स्क्यानर मेसिन सहयोग गरेका छन् ।

कार्यालय प्रयोजनका लागि संगठनका सल्लाहकार तथा नमस्ते राप्ति यातायात प्रालिका उपाध्यक्ष ओमकार बोहराले २३ हजार ५ सय मुल्य बराबरको युरोगार्ड र स्वरोजगार मजदुर तथा यातायात व्यावसायी दिपक खड्काले १८ हजार मुल्य बराबरको स्क्यानर मेसिन सहयोग गर्नु भएको हो ।

संगठनको तेस्रो साधारणसभा तथा अधिवेशनको पुर्ब तयारी भैइरहेको अवस्थामा सहयोगदाताहरुले उक्त सामाग्री सहयोग गरेको संगठनका सचिव यज्ञ बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

प्रबिधिको समय भएकोले कार्यालयको लागि अति आवश्यक पर्ने मेसिनरी सामान सहयोगदाताहरुले सहयोग गरेकोप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । सहयोगदाताहरुले उक्त सामाग्री संगठनका जिल्ला अध्यक्ष केशव भण्डारी , केन्द्रिय उपमहासचिव खगेन्द्र ओली,जिल्ला उपाध्यक्ष केशब राम्जा, सचिब यज्ञ बहादुर बुढाथोकी ,निबर्तमान कोषाध्यक्ष खिम बहादुर डाँगी लगाएतका पदाधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

संगठनका पदाधिकारीले सहयोगी दातालाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस