तुलसीपुर, ५ माघ । तुलसीपुरमा सामुदायिक विद्यालयमा कार्यरत लेखापालको तलब बढेको छ ।
उपमहानगरपालिकाको छैठौं कार्यपालिका बैठकले गएको साउन महिनादेखि लागु हुने गरि २ हजार तलब बढाएको हो । यो संगै अब लेखापालले २० हजार पाँच सय तलब पाउनेछन् ।
यस अघि उपमहानगरपालिका भित्रका लेखापालको तलब १८ हजार ५ सय थियो । पटक-पटक तलब बढाउन माग गर्दै लेखापालहरुले उपमहानगरपालिकामा धर्ना दिदै आएका थिए ।
प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार