दाङ, ३० पुस ।
रैथाने खानाको महत्व बुझाएर आर्थिक विकासमा टेवा पुर्याउन दाङको तुलसीपुरमा करिब आठ प्रकारका रैथाने खाना निशुल्क खुवाईएको छ । तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खानाको कार्यक्रम गरेर ८ प्रकारका खाना निशुल्क खुवाएको हो ।
माघी पर्वको पूर्व सन्ध्यामा जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी लगायतलाई निशुल्क रैथाने खाना खुवाईएको हो । दालभात र रोटी बाहेक अरु पाक्न नसकेको नेपाली भान्सामा रैथानै खानाको महत्व बुझाउन र पर्यटन प्रर्वद्धनका लागि रैथानै कार्यक्रम गरिएको हो ।
दाङको रैथाने खानाको प्रचारप्रसार गरेर जिल्लाको आर्थिक विकास गर्न र पर्यटन प्रवद्र्धन गर्नका लागि होटल व्यवसायीले रैथाने खानाको कार्यक्रम गरेका हुन् ।
सिन्की र भटमासको झोल, ढिक्रि अनि लसुनको चटनी, आलु र भांगाको अचार , मही, साँधेको कुखुराको मासु, काचो मेवाको अचार अनि खिचडी लगायतका खानाका परिकार निशुल्क खुवाईएको छ ।
रैथाने खानाको प्रवद्र्धन गरी दाङकै पर्यटन विकासका लागि तुलसीपुर होटल व्यवसायी समिति सक्रिय भएको हो ।
रैथाने खानाको प्रचारप्रसारका लागि होटल व्यवसायी समितिले माघी पर्वको पूर्व सन्ध्यामा जनप्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, होटल व्यवसायी लगायतलाई निशुल्क रैथाने खाना पस्कीएको हो ।
रैथाने खानाको उपभोग गरेपछि मात्र यसको उत्पादनलाई दिगो विकास गर्न सकिने निष्कर्ष सहित होटल व्यवसायी समितिले माघी पर्वको अवसरमा रैथाने खानाको स्वाद चखाएको होटल व्यवसायी समिति तुलसीपुरका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो ।
दाङसहित पश्चिमका रैथाने खानालाई विश्वबजारमा पुर्याउनका लागि होटल व्यवसायी समितिले रैथाने खाना कार्यक्रम गरेको तुलसीपुर होटल व्यवसायी समितिका सचिव तुफान केसीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले स्थानीय खानाको प्रवद्र्धनका लागि होटल व्यवसायीले चालेको प्रयासलाई स्थानीय सरकारले पनि साथ दिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, गणेश पाउरोटी उद्योग, हाम्रो पहुँच डेरी उद्योग लगायतको सहयोगमा रैथाने खाना कार्यक्रम गरिएको हो । त्यस अवसरमा करिब ८ सय जनालाई रैथाना खाना खुवाएको आयोजक होटल व्यवसायी दोणर् आचार्यले बताउनुभयो ।