२०८२ बैशाख १७ गते बुधवार

लुम्बिनीमा मूख्यमन्त्रीसहित दुई मन्त्रीको सपथ

दाङ, २८ पुस ।
लुम्बिनी प्रदेशका नवननियुक्त मुख्यमन्त्री लिला गिरीले बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा मुख्यमन्त्री गिरीले प्रदेश प्रमुख अमिक शेरचनसँग सपथ लिनुभएको हो ।

उहाँलाई प्रदेश प्रमुख शेरचनले दिउँसो साढे २ बजे प्रदेश देउखुरीमा सपथ गराउनुभएको हो । बुधबार संबिधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित बिशेष कर्यक्रममा सपथ लिनुभएको हो ।

मुख्यमन्त्रीको सपथ लगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मन्त्रीहरुलाई हाल बिना विभागीय नियुक्त गरिएको छ । दलहरुबीच भागवण्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउने छन् ।

लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी छ । अघिल्लो मन्त्रिपरिषद १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ ।

यद्यपि ९ सदस्यीयमा झार्ने तयारी गरिएको भएपनि सत्तारुढ सबै दललाई भाग पुर्‍याउनका लागि मन्त्रिपरिषद ११ सदस्यीय बनाउन लागिएको हो । लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी बाहेकका दलहरुको समर्थन गिरीले पाएका छन् ।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस